Sunday, November 13, 2011

'ह्‍यान्डसम केटाले जिस्क्याउँदा मज्जा लाग्छ'


जाडो त बढ्यो नि। कस्तो लाग्छ यो मौसन?

त्यति धेरै जाडो बढेजस्तो लाग्दैन। अहिलेको मौसम असाध्यै रमाइलो लाग्छ। त्यति जाडो पनि नुहने र त्यति गर्मी पनि नहुने यति बेला मलाई लङ वानपिस लगाएर हिँड्दा आनन्द आउँछ।

वानपिसको त्यस्तो मोह?
मलाई वानपिस सुहाउँछजस्तो लाग्छ। साथीहरु पनि त्यसै भन्छन्। त्यही भएर म कार्यक्रममा जाँदा पनि वानपिसमै जान्छु। फिल्ममा पनि धेरैमा लगाएको छु।

कुन रङको?

रेड र ब्ल्याक असाध्यै मनपर्छ।

घुमफिर कत्तिको गरिन्छ?

असाध्यै। फुर्सद हुनेबित्तिकै म त घुम्न गइहाल्छु। काठमाडौँमा पनि घुमिरहने बानी छ। अझ स्कुटीमा घुम्न रमाइलो लाग्छ।

त्यसरी हिँड्दा केटाहरुले जिस्क्याउँदैनन् र?

म मास्क छुटाउँदिन। कतिले चिन्दै चिन्दैनन्। चिनिहाले पनि जिस्क्याउँदैनन्। बरु राम्रोसँग कुरा गर्छन्।

कहिल्यै केटाहरुले जिस्क्याएनन् कि क्या हो?

किन नजिस्क्याउनु? कलेज पढदा खुब जिस्क्याउँथे। प्रपोज गर्दै लेटर लेख्नेहरु धेरै थिए।

केटाहरुले जिस्क्याउँदा रमाइलो लाग्दो हो नि?

त्योचाहिँ परिस्थिति हेरेर हुन्छ। गु्रपमा साथीभाइसँग घुम्न जाँदा हिसी परेको केटाले जिस्क्याउँदा रमाइलै लाग्छ। जिस्क्याउनेको नियतमा पनि भर पर्छ।

आफूले पनि त केटाहरुलाई जिस्क्याइयो होला नि?

कलेज पढ्दा ह्यान्डसम केटाहरूलाई जिस्क्याइयो। अहिले त त्यस्तो गर्दिनँ। हिरोइन भइसकेपछि त्यसो गर्न सुहाउँदैन।

कस्तो केटालाई ह्यान्डसम मान्नुहुन्छ?


अग्लो, दामी फिगर र बोलीवचन राम्रो भएको।

ऐनाअगाडि उभिएर हेर्दा आफू कस्तो छु जस्तो लाग्छ?

मलाई त आफ्नो अनुहार राम्रो छैन जस्तो लाग्छ। जतावाट हेरे पनि आफूलाई राम्री देख्दिनँ।

तपाईँले देखेकामध्ये सबैभन्दा राम्रो मान्छे को हो?

मलाई मेरी बैनी असाध्यै राम्री लाग्छ। संसारको सबैभन्दा सुन्दर युवती उही हो जस्तो लाग्छ।

नेपाली फिल्म लाइन कस्तो छ?

अरू मुलुकका फिल्म उद्योगसँग तुलना गर्न नमिल्ला। हाम्रोमा जो पनि, जस्तो पनि कलाकार बन्न खोज्छन्। यो चाहिँ राम्रो हैन।

भनेपछि क्षमता नभएकाहरु पनि हिरोइन भएकोमा तपाईँलाई चित्त बुझेको छैन?


नामै त नतोकौँ। केहीको बदमासीले सम्पूर्ण हिरोइनको चरित्रका विषयमा बेला बेलामा प्रश्न उठ्ने गरेको छ।

प्रस्तुतिः चन्द्रमणि
eZamana
Welcome, Thank you for visiting my site. Please write down the comment.
Share This
Subscribe Here

0 comments:

Post a Comment

 

eZamana Copyright © 2009 DarkfolioZ is Designed by Bie Blogger Template for Ipietoon
In Collaboration With fifa